Birano Ni Afno Hunchha


विरानो नि आफ्नै हुन्छ…२, मन परे पछि…४।
आफ्नो पनि पराई हुन्छ, मन मारे पछि…५।

नजर राम्रो, जतासुकै राम्रै देखिन्छ।…२
आफु राम्रो, सबै ठाउँमा, आफ्नै भेटिन्छ।…२
नदीनाला बगर हुन्छन…२, मुहान सुके पछि…४।
दिलको सागर उजाडीन्छ, दिलै दुखेपछि…५। 

यो दुनिया एकै हुन्थ्यो, मन सुद्ध भए।…२
सधैभरि शान्ती हुन्थ्यो, मनमा बुद्ध भए।…२
दिनपनि अध्यारै हुन्छ…२, घाम लुकेपछि…४।
सारा जीवन एक्लो हुन्छ, साथ छुटेपछि …५।  
You Might Also Like These Songs
Total Views