Je Je Hunu


जे जे हुनु भैगो अब, कुरा न चलाउन।…२
आलो यो घाउमा फेरी…२, छुरा न चलाउन…२।
जे जे हुनु भैगो अब, कुरा न चलाउन।

सपना मेरो एउटै थियो, बिपना पनि एउटै।…२
भेट्टाए झैँ लाग्थ्यो तिम्लाई, ढुँगा खोज्दा देउतै।
आधा सपना जलाई सक्यौ, पुरा न जलाउन।…२
आलो यो घाउमा फेरी…२, छुरा न चलाउन…२।
जे जे हुनु भैगो अब, कुरा न चलाउन।

बास बस्न दिएँ दिलमा, थियौ कति जाती।…२
कुल्चिएर गयौ आज, मेरै छाती माथी।
सुन्यता नै प्यारो लाग्छ, चुरा न बजाउन।…२
आलो यो घाउमा फेरी…२, छुरा न चलाउन…२।
जे जे हुनु भैगो अब, कुरा न चलाउन।
You Might Also Like These Songs
Total Views