Timilai Maya Garnu


[तिमीलाई माया गर्नु, मेरो ठुलो भुल भयो।
संगै मुटु साट्ने सपना, चकनाचुर भयो।]…२

सबले भन्छन माया पाएँ, तर मैले माया गुमाए।…२
म नै रैछु अभागी यो, संसारमा सबलाई रुवाएं।
जति रुनु परेपनि, रुँदा रुँदै मरेपनि।
बाचुन्जेल तिमीलाई, हसाउने मान्छे म।
बरु दिन्छु थोपा थोपा, रगत यो शरीरको।
आफै मरी तिमीलाई, बचाउने मान्छे म।…२

सोचेकोथे हाम्रो जोडी, मुनामदन जस्तो होला। …२
के थाहा मलाई तिम्रा लागि, माया यति सस्तो होला।
तिमी रम्न सक्छौ, आफ्नै इच्छाले।
तिम्रै खुशीमा, रमाउने मान्छे म।
चाहे घृणा गर मलाई, चाहे दोषी ठाँन।
तर तिम्लाई दिलभित्र, सजाउने मान्छे म।…२

तिमीलाई माया गर्नु, मेरो ठुलो भुल भयो।
संगै मुटु साट्ने सपना, चकनाचुर भयो। 
You Might Also Like These Songs
Total Views