Sayau Choti


[संयौ चोटी मरिसकें म, अझै मलाई, मार्न नखोज।
छियाछिया छ, यो छाती मेरो, अर्को चोट, पार्न नखोज…२।]…२

दुई दिनको झुठो साथ रहेछ, वैशको तिम्रो मात रहेछ।…२
बुझ्नै सकिन मैले त्यो तिम्रो, मिठो बोली नै घात रहेछ…२।
आउँदिन तिम्रो जीवनमा फेरी, रुखो बचनले मार्न नखोज।
छियाछिया छ, यो छाती मेरो, अर्को चोट, पार्न नखोज…२।

भाग्यले आज छलेर गयो, दैव नि म संग निष्ठुरी भयो।…२
फुटेर गए सपना सारा, मुटुमा केवल खोट नै रह्यो…२।
मै सहिदिउँला कर्मको खेल, झुठा ति आँसु झार्न नखोज।
छियाछिया छ, यो छाती मेरो, अर्को चोट, पार्न नखोज…२।
You Might Also Like These Songs
Total Views