Shradhdha Ko Phool


[श्रद्धाको फूल चढाई दिनु, आएर लाशमा।
नपाए फूल, भैगयो तिमी, रोइदिनु आशमा।]…२

सम्झन्छु म त छोएको, तिमीले कमल हातले।…२
लुकाईराख आत्मा यो मेरो, नहान पातले।
दिनेछ सबै गुहाई हाम्रो, जुनेली रातले।
नपाए फूल, भैगयो तिमी, रोइदिनु आशमा।
श्रद्धाको फूल चढाई दिनु, आएर लाशमा।
नपाए फूल, भैगयो तिमी, रोइदिनु आशमा।

मरेर के भो, देह यो मेरो, आत्मा त मर्दैन।…२
पिरती चोखो, लाएको भए, बन्धन पर्दैन।
प्रकृति फूल, सुकेर झर्छ, दिलको झर्दैन।
नपाए फूल, भैगयो तिमी, रोइदिनु आशमा।
श्रद्धाको फूल चढाई दिनु, आएर लाशमा।
नपाए फूल, भैगयो तिमी, रोइदिनु आशमा…३।
You Might Also Like These Songs
Total Views