Jet Udauchhu Ghui Ghui


जेट उडाउँछु घुईघुई, भुल्दिन नेपाली भुइँ।
[म त कोईली पो हुँ कि, के हुँ म त ?
म त गुराँस हुँ कि, के हुँ म त ?]…२
म त कुना-कुना संसारमै, डुलेको केटी।
त्यही पनि ढुकढुक मुटुमा, नेपाली केटी।
म त सारंगी बजाउँछु, म मादल बजाउँछु।
डिस्कोमा छमछम गर्दै, डाँफे झै नाच्छु।
जेट उडाउँछु घुईघुई, भुल्दिन नेपाली भुइँ।…२

पसिना र बुद्धि बेच्छु, इमान बेच्दिन।
एक नम्बरमा, जैले नि पछाडी हट्दिन।
जतिसुकै भेटेनी म, छोड्दिन नेपालीलाई।…२
म त कुना-कुना संसार नै, बुझेको केटी।
त्यही पनि ढुकढुक मुटुमा, नेपाली केटी।
म त सारंगी बजाउँछु, म मादल बजाउँछु।
डिस्कोमा छमछम गर्दै, डाँफे झै नाच्छु।
जेट उडाउँछु  घुईघुई, भुल्दिन नेपाली भुइँ।।…२

प्रगतिको आशा राख्छु, निराश राख्दिन।
एकपल पनि कहिले नि, डराएर भाग्दिन।
जहाँ सुकै पुगे नि ज्यान, बसीरन्छ नेपालमै प्राण।
जहाँ सुकै पुगे नि ज्यान, छोड्दिन नेपालीलाई।
म त कुना-कुना संसार नै, नापेको केटी।
त्यही पनि ढुकढुक मुटुमा, नेपाली केटी।
म त सारंगी बजाउँछु, म मादल बजाउँछु।
डिस्कोमा छमछम गर्दै, डाँफे झै नाच्छु।
जेट उडाउँछु  घुईघुई, भुल्दिन नेपाली भुइँ।।…३ 
You Might Also Like These Songs
Total Views