Timro Siudo Sajai Dine


तिम्रो सिउँदो सजाइदिने, मेरो एउटै धोको...२।
तिमी प्रति चाहना जुन, मेरो सधैं चोखो...२।
तिम्रो सिउँदो सजाइदिने, मेरो एउटै धोको...२।

[मेरो दिल नै उपहार, तिमीलाई दिई सकें।
बासी इच्छा नठानीदेउ, मैले चाहिसकें।]...२
मेरो व्यथा कथा बन्छ, लहरा भई गीतको।
ओइलिएको फुललाई पनि, चाह हुन्छ शीतको...२।
तिम्रो सिउँदो सजाइदिने, मेरो एउटै धोको...२।

[सपनामा सागर बन्छ, अनेक यादमा कल्पी।
जीउनु पर्ने जीन्दगीमा, आशै आशमा अल्झी।]...२
पन्छि नदेउ बाहरसँग, फुल भई हामी फुलौं।
शुन्यसँग नहराउँ,  हामी एक भई भुलौं...२।

तिम्रो सिउँदो सजाइदिने, मेरो एउटै धोको...५।
You Might Also Like These Songs
Total Views