Ma Ta Marchhu Kyare


म त मर्छु क्यारे।…२
तिमी धेरै वर्ष बाँच।
तर नभुल्नु मलाई।…२
राखी दिनु मलाई कतै, तिम्रो मनको कुनामा।
म त मर्छु क्यारे।

हामीसंगै जिउँदा खेरी, धेरै गल्ती मैले गरें होला।…२
तिम्रो सानो भुलमा पनि, मैले तिम्रो मन रुवाँए होला।
मलाई माफ तिमी गरिदेउ माया, अब गल्ति नै कहिले हुदैंन होला।…२
म त मर्छु क्यारे।

मेरो जीवन सम्सानमा जल्दा, तिमीलाई पनि जल्न मन होला।…२
तिम्रो सिउँदो सधैं खाली हुदाँ, तिमी मुर्छा पर्दै रुन्छौ होला।
तिमी त्यस्तरी कहिले नरुनु प्रिय, म तिमीलाई सगरमा पर्खि बसुँला।

म त मर्छु क्यारे, तिमी धेरै वर्ष बाँच।
तर नभुल्नु मलाई।…२
राखी दिनु मलाई कतै, तिम्रो मनको कुनामा।
म त मर्छु क्यारे।
You Might Also Like These Songs
Total Views