Rato Ra Chandra Surya


[रातो र चन्द्र सुर्य, जङ्गी निशान हाम्रो।
जिउंदो रगत सरी यो, बल्दो यो शान हाम्रो।
रातो र चन्द्र सुर्य।]…२

[हिमाल झै अटल यो, झुकेन यो कहिल्यै।
लत्रेन यो कहिले, जङ्गी निशान हाम्रो।]…२
यो जन्मदै जगतमा, कयौ प्रहार आए।
साम्राज्य दुई हारे, हारेन यो शान हाम्रो।
रातो र चन्द्र सुर्य।

[जबसम्म चन्द्र - सुर्य, आकाशमा रहन्छन।
तब सम्म हुन्छ आफ्नै, रातो रगत यो हाम्रो।]…२
गाई सरी छन साधु ,जो जो यहाँ जगतमा।
सबको शरण बलियो,  जङ्गी निशान हाम्रो।

रातो र चन्द्र सुर्य, जङ्गी निशान हाम्रो।
जिउंदो रगत सरी यो, बल्दो यो शान हाम्रो।
रातो र चन्द्र सुर्य।
You Might Also Like These Songs
Total Views