Mero Topi


यो मेरो टोपी होहोहोहो।
[मेरो टोपी कैलाशको शिर जस्तो।
हिमाली भिर जस्तो।]…२
कहिले पनि झुक्न नजान्ने।
कहिले पनि रुक्न नमान्ने।
मेरो टोपी, नेपाली भिर जस्तो, नेपाली वीर जस्तो।

मेरो टोपी भित्र मेरो, बहिनीको मायाको बास।…२
अहिलेसम्म भोगेको मैले, मेरै घाम-छायाँको बास।…२
मेरो टोपी…२, मैलो होइन, यहि माटोको टिको लागेको।…२
मेरो पसिना पुछ्दा-पुछ्दा, यस्लाई केही दिक्क लागेको।
यो मेरो टोपी।
मेरो टोपी गाउँलेको शिर माथी, मेरो टोपी लाहुरेको शिर माथी।…२
ठुलो-सानो जान्दैन यो, भेदभाव मान्दैन यो।
मेरो टोपी, सुहाईदिन्छ सबैसबै नेपाली शिर माथी।

धावा-धावा अखडा भित्र, मेरो टोपी लड्दै थियो।…२
सगरमाथा उँभो पनि, मेरो टोपी चड्दै थियो।…२
मेरो टोपी…२ खोज्दै गए, सागर देखी सगर सम्म।…२
जहाँ पनि जहिले पनि, यो त अघि बढदै  थियो।
यो मेरो टोपी।
मेरो टोपी हितैको साथी जस्तो, आमाको छातीको जस्तो।…२
दुखसुखमा काम लाग्ने, नेपालीको नाम राख्ने।
मेरो टोपी, आफ्नो सन्तान चिनाउने, जन्मैको भावी जस्तो।
यो मेरो टोपी होहोहोहो।
You Might Also Like These Songs
Total Views