Mula Hau Bhane


मूल हौ भने रसाईदेऊ, फूल हौ भने बासाइदेऊ।…२
रुवाए नि रुवाई देऊ, हँसाए नि हँसाईदेऊ।
[माया गर्छु भन्नेले, माया देखाइदेऊ।
माया गर्छु भन्नेले रि मै, माया देखाइदेऊ।]…२

[अलि वर आऊ न, त्यता चिसो भईं भयो।
नचिनेको झैँ भयो, हो रि मै।]…२
एकबारको जुनी हो, बोले हाँसे हुनी हो।
मरे माटो मुनी हो, हो रि मै।
यो ज्यान पर्यो तिम्रै भर, मेरो अरु को नै छ र।
रुवाए नि रुवाई देऊ, हँसाए नि हँसाईदेऊ।
माया गर्छु भन्नेले, माया देखाइदेऊ।
माया गर्छु भन्नेले रि मै, माया देखाइदेऊ।

[मैले जाँन्दिन र, छड्के कपाल कोरेको।
मेरो मन चोरेको, हो रि मै।]…२
माया मेरो रै छ नि,जानीजानी है छ नि।
नजाने झैँ गरेको, हो रि मै।
के को सरम के को डर, लाको माया जतन गर।
रुवाए नि रुवाई देऊ, हँसाए नि हँसाईदेऊ।
माया गर्छु भन्नेले, माया देखाइदेऊ।
माया गर्छु भन्नेले रि मै, माया देखाइदेऊ।

मूल हौ भने रसाईदेऊ, फूल हौ भने बासाइदेऊ।…२
रुवाए नि रुवाई देऊ, हँसाए नि हँसाईदेऊ।
[माया गर्छु भन्नेले, माया देखाइदेऊ।
माया गर्छु भन्नेले रि मै, माया देखाइदेऊ।]…२
माया गर्छु भन्नेले रि मै, माया देखाइदेऊ।…२
You Might Also Like These Songs
Total Views