Yo Samjhine Mann Cha


[यो सम्झिने मन छ, म बिर्सु कसोरी।
तिमी नै भनिदेऊ, ए जाने निठुरी।]…२

[यी औला तिनै हुन, तिमीले चुमेका।
परेली यिनै हुन, तिमीले पुछेका।]…२
म सक्दिन, आफ्नै प्रतिविम्व छोप्न।
म सक्दिन छाती, फुटाएर जोड्न।
यो सम्झिने मन छ, म बिर्सु कसोरी।
तिमी नै भनिदेऊ, ए जाने निठुरी।

[पखाले यी आँखा पनि, दृश्य उही छ।
जहाँ नै म हिंडे पनि, धर्ती उही छ।]…२
न सख्छु म आकाश, चिथोरेर फेर्न।
न सक्छ म जुनको, उज्यालो नै छेक्न।

यो सम्झिने मन छ, म बिर्सु कसोरी।
तिमी नै भनिदेऊ, ए, जाने निठुरी…२।
You Might Also Like These Songs
Total Views