Maya Sarai Mahango

[न तेजाबी सुन हो माया, न हो छापावाल…२।
एकै तोला पाउन पनि कस्तो महाजाल।
माया साह्रै महँगो।….३]...२

सागर हो रे माया तर, थोपै भेट्न गार्हो।...२
सुन्नेलाई त ख्याल ख्याल, भोग्ने लाई छ सार्हो।
माया साह्रै महँगो।….३

बाचा संगै बाचै साट्ने, हाट बजारी खेल।...२
आफै  बसी बन्दकीमा, भोग्नु पर्ने झेल।
माया साह्रै महँगो।….३

[न तेजाबी सुन हो माया, न हो छापावाल…२।
एकै तोला पाउन पनि कस्तो महाजाल।
माया साह्रै महँगो।….३]...२
You Might Also Like These Songs
Total Views