Ke Maya Garnu Hunna Ra


मायाले बाँधिएको छ भने, यो जिन्दगी।…२
के माया गर्नु हुन्न र।…२
मुखले नाई, नाई, नाई भनेर भनेनी।
मनले जाऊ, जाऊ, जाऊ भनेको छ भने।
नजिकै पर्नु हुन्न र।
के माया…३, गर्नु हुन्न र।
मायाले बाँधिएको छ भने, यो जिन्दगी।
के माया गर्नु हुन्न र।…२

लुकाए पोल्छ, मायाले मन, फुकाए शितलु।…२
दुई मन मिले , चौतारी बन्छ, वर र पिपलु।
यो मनमा हुर्किएको, पिरतीको पालुवा।…२
त्यो मनमा सर्नु हुन्न र।
के माया गर्नु हुन्न र।

बहाना विना डुंगाले मात्रै, नदीको पार छैन।…२
दोहोरी लाए, लाइन्छ माया, एकोहोरी साल छैन।
म कति धाउनु सानु, तिम्रै लागी देउराली।…२
बेशी तिमी झर्नु हुन्न र।
के माया गर्नु हुन्न र।
मुखले नाई, नाई, नाई भनेर भनेनी।
मनले जाऊ, जाऊ, जाऊ भनेको छ भने।
नजिकै पर्नु हुन्न र।
के माया…३, गर्नु हुन्न र।

मायाले बाँधिएको छ भने, यो जिन्दगी।
के माया गर्नु हुन्न र।…४ 
You Might Also Like These Songs
Total Views