Maya Ta Yasto Hosh


माया त यस्तो होस, माया त यस्तो होस।…२
नजिक टाढा, जहाँ भएनी।
दुश्मन सारा, संसार भएनी।
कहिले न घट्ने होस, कहिले न छुट्ने होस।
माया त यस्तो होस, माया त यस्तो होस।…२

[केहि होइन रुप, केहि होइन धन।
संसारमै ठुलो, मान्छेको मन।]…२
मन कहिल्यै नदुखोस।
माया त यस्तो होस, माया त यस्तो होस।
कहिले न घट्ने होस, कहिले न छुट्ने होस।

[बैशाखे गर्मी, साउने बर्खा।
लागी नै रहोस, मायाको तिर्खा।]…२
धित कहिले नमरोस।
माया त यस्तो होस, माया त यस्तो होस।…२
कहिले न घट्ने होस, कहिले न छुट्ने होस।
नजिक टाढा, जहाँ भएनी।
दुश्मन सारा, संसार भएनी।
कहिले न घट्ने होस, कहिले न छुट्ने होस।
माया त यस्तो होस, माया त यस्तो होस।…३
You Might Also Like These Songs
Total Views