Birsu Bhanchu


बिर्सु भन्छु तिमीलाई, बिर्सनै गार्हो भयो नि।…२
दुखिरहने मुटुको घाउ, सहनै साह्रो भयो नि।…२
बिर्सु भन्छु तिमीलाई, बिर्सनै गार्हो भयो नि।

कति खुशी थिएँ म, तिम्रो साथ हुँदा।…२
गार्हो भयो जीवन काट्न, तिमी टाढा हुँदा।
जीवनको मोडहरुमा, तिमी नै थियौ साहारा।
छुट्टिएर गएउ आज, बनायौ दुई किनारा।…२

अझै याद आउँछ मलाई, ति दिनहरुको।…२
एकै पल भेट नहुँदा, तिमी पागल झैँ बनेको।
सोचिन कहिल्यै, समय यति निष्ठुर छ भनेर।
माया पनि किनबेच हुने, दुनिया छ स्वार्थी भनेर।…२

बिर्सु भन्छु तिमीलाई, बिर्सनै गार्हो भयो नि। 
You Might Also Like These Songs
Total Views