Khaeko Kasam Firta


[खाएको कसम फिर्ता, दिन मिल्छ र।
दिएको बचन फिर्ता, लिन मिल्छ र।]…२
तिमीसंगै जिउछु मर्छु, तिमीलाई माया गर्छु।…२
भन्ने मान्छेलाई, जानीजानी धोका पनि, दिन मिल्छ र।
दिएको बचन फिर्ता, लिन मिल्छ र।

भन्ने हरुले जे सुकै भनुन, भन्नै नहुने के नै छ र।
सुन्ने हरुले जे सुकै सुनुन, सुन्नै नहुने के नै छ र…२।
मनभन्दा धन ठुलो, भन्न मिल्छ र।
फूल जस्तो मान्छे काँडा, बन्न मिल्छ र।
तिमीसंगै जिउछु मर्छु, तिमीलाई माया गर्छु।…२
भन्ने मान्छेलाई, जानीजानी धोका पनि, दिन मिल्छ र।
दिएको बचन फिर्ता, लिन मिल्छ र।

भाग्य सबैको साझा हुदैन, खुशी सबैलाई सधै हुदैन।
दुख नचिन्ने मान्छे हुदैन, मान्छे नचिन्ने देउता हुदैन…२।
विष पनि अमृत ठानी, पिउन मिल्छ र।
पराई लाई आफ्नो ठानी, जिउन मिल्छ र।
तिमीसंगै जिउछु मर्छु, तिमीलाई माया गर्छु।…२
भन्ने मान्छेलाई, जानीजानी धोका पनि, दिन मिल्छ र।
दिएको बचन फिर्ता, लिन मिल्छ र।
You Might Also Like These Songs
Total Views