Rit Bina


[रित विना, आउने सपना हरुलाई।
जतनले राख्न, म कहाँ सक्छु।
बसन्त विना, फक्रीने फूललाई।
होशले स्याहार्न, म कहाँ सक्छु।]…२
रित विना, आउने सपना हरुलाई।

अनुरोधै वेगर,हास्न थाल्छन,नजरका कोमल फूलहरु।…२
जताततै, झरेको देख्छु, फूलका रंगीन, जोवनहरु।
परेलीले थुन्दै, आँसुका भेललाई।
तस्वीर खिच्न, म कहाँ सक्छु।
रित्तो गिलासमा, जिन्दगी भर्दै।
त्यो रुप पिउन, म कहाँ सक्छु।
रित विना, आउने सपना हरुलाई।

लुकामारी गर्छन,हरेक रात,योवनका मिठा, सपनाहरु।...२
ढलेर मर्छन, हरेक साँझ, वैशका तल्लिन, उमेरहरु।
भिंडमा खस्ने, त्यो तिम्रो हाँसो।
अन्जुलीमा थाप्न, म कहाँ सक्छु।
किनारै बेगर, बगेको त्यो लाज।
बाँधले छेक्न,  म कहाँ सक्छु।

रित विना, आउने सपना हरुलाई।
जतनले राख्न, म कहाँ सक्छु।
बसन्त विना, फक्रीने फूललाई।
होशले स्याहार्न, म कहाँ सक्छु।
रित विना, आउने सपना हरुलाई।
You Might Also Like These Songs
Total Views