Jaula Relaima


[वैरी भयो, यो सारा दुनिया, चोखो मायाको।
हाम्रो मायामा, कुरा चल्यो, जात-भातको।]…२
मानिस ठुलो दिलले हुन्छ, रगत सबको रातो हुन्छ।
खोई कुरा बुझेको, खोई कुरा बुझेको।
अब जाउँला रेलैमा, माया तिम्रो साथैमा।…२

[दुख र सुख, जीवनको पाटो, सँग सँगै बिताउँला।
आए जति,  वाधा अड्चन, साथ तिम्रो छोड्ने छैन।]…२
अब जाउँला रेलैमा, माया तिम्रो साथैमा।…२

[यो हाम्रो माया, संसारै लाई, सबैलाई देखाउनु छ।
खोइ कस्ले बनायो, मान्छेमा जात, त्यो पनि सोध्नु छ।]…२
अब जाउँला रेलैमा, माया तिम्रो साथैमा।…४
You Might Also Like These Songs
Total Views