Ekai Najar Ma


[एकै नजरमा माया बस्यो है, लुकिछिपी हेरिदिनाले।
त्यो आँखाले जिउँदै मर्यो है, ओठ टोकी हाँसीदिनाले।]…२

[फूल हौ कि जुन तिमी, कहाँ सजाई राख्ने।
छातीभित्र राख्ने हो कि, आँखाभित्र राख्ने।]…२
एकै बोलीले गोली लाग्यो है, मिठो बचन गरिदिनाले।
त्यो आँखाले जिउँदै मर्यो है, ओठ टोकी हाँसीदिनाले।

[बाँसुरीको धुन तिमी, मेरो सरगमको।
लेखिदिउँ कि रगतले, गीत यो मिलनको।]…२
लौन मलाई अन्धो पार्यो है, एकैछिनको चिनाजानीले।
त्यो आँखाले जिउंदै मर्यो है, ओठ टोकी हाँसीदिनाले।

एकै नजरमा माया बस्यो है, लुकिछिपी हेरिदिनाले।
त्यो आँखाले जिउंदै मर्यो है, ओठ टोकी हाँसीदिनाले।

You Might Also Like These Songs
Total Views