Suna Katha Euta Geet


[सुन कथा एउटा गीत, हार मेरो होकी जीत।
कस्तो साइनो बाँधी ल्यायो, भन मेरो सानो मित।...२]...२
माया बसेछ, मितेरी साइनोमा।

[हिमालको पानी भन्दा, चोखो तिम्रो माया।
बर्खाको बादल भन्दा, शितल तिम्रो छाँया।]...२
त्यस्तै नै होला, तिम्रो र मेरो गीत।
कस्तो साइनो बाँधी ल्यायो, भन मेरो सानो मित।...२
माया बसेछ, मितेरी साइनोमा।

साइनोको लाली आज, फैलिएछ आकाशमा।
अँध्यारो मन आज, छर्किएछ प्रकाशमा।
तिमीलाई नै भेटि, फेरी जीवन पाँए।
कस्तो साइनो बाँधी ल्यायो, भन मेरो सानो मित।...२

सुन कथा एउटा गीत, हार मेरो होकी जीत।
कस्तो साइनो बाँधी ल्यायो, भन मेरो सानो मित।...२
माया बसेछ, मितेरी साइनोमा। 
You Might Also Like These Songs
Total Views