Priyashi Ka Yaad Haru


प्रियसीका यादहरु, कोरिएको मुटु।
एकान्तमा आज यहाँ, फुकाएर हेरें।
पिरतीका घातहरु, भरिएको मुटु।
रसिएका दुई आँखालाई, सुकाएर हेरें।
प्रियसीका यादहरु।

[जीवन यहाँ जताततै, अंगालेको कथा जस्तै।
यहाँ मुटु चारैतिर, भंगालेको व्यथा जस्तै।]…२
आफ्नै पाइला आफ्नै बाटो, संगालेको जेथा जस्तै।
प्रियसीका यादहरु।

[सम्झनाका छाँयाहरु, छाती भरि धुंवा जस्तै।
तिर्खाएको पानीलाई, नमेटिने कुंवा जस्तै।]…२
वास खोज्दै उडी हिड्ने, सिमलको भुवा जस्तै।
प्रियसीका यादहरु, कोरिएको मुटु।
एकान्तमा आज यहाँ, फुकाएर हेरें।
प्रियसीका याद हरु।
You Might Also Like These Songs
Total Views