Meso Milayera


[मनका कुरा, गरौला नि, यस्सो मिलाएर। 
भोलि दिउसो, भेट्न आउ है, मेसो मिलाएर।]…२ 
तिमीलाई भेट्न, आउँछु म घरमा, कुरा मिलाएर। 
तिमीले देको, कुर्ता सुरुवाल, चुरा मिलाएर। 

[सरमा सर, नजिकै सर, डराउनु पर्ने के छ र। 
तिमीलाई भेटे, पछि मलाई त, जानै मन हुदैन घर। ]...२  

धेरै भयो, नभेटेको, भेट्न पर्छ भोलि।…२ 
आत्तिसके, नसुनेर, तिम्रो मिठो बोली...२। 
बेसी तिर, झरौला नि, यस्सो मिलाएर।
भोलि दिउसो, भेट्न आउ है, मेसो मिलाएर।
तिमीलाई भेट्न, आउँछु म घरमा, कुरा मिलाएर। 
तिमीले देको, कुर्ता सुरुवाल, चुरा मिलाएर। 

सरमा सर, नजिकै सर, लजाउन पर्ने के छ र। 
तिमीलाई भेटे, पछि मलाई त, जानै मन हुदैन घर।

कति बस्नु, डराएर, कति भेट्नु लुकी।…२  
तिम्रै नाउँमा, चल्छ मेरो, मुटुको ढुकढुकी…२। 
तल्लो बजार, झरौला नि, यस्सो मिलाएर।
भोलि दिउसो, भेट्न आउ है, मेसो मिलाएर।
तिमीलाई भेट्न, आउँछु म घरमा, कुरा मिलाएर। 
तिमीले देको, कुर्ता सुरुवाल, चुरा मिलाएर। 

सरमा सर, नजिकै सर, डराउनु पर्ने के छ र। 
तिमीलाई भेटे, पछि मलाई त, जानै मन हुदैन घर।
You Might Also Like These Songs
Total Views