Unko Sweater


जून हेर्नु तिमी, माथी माथी सगरको।...२ 
म हेर्छु मेरो जून, तिम्रो नजरको।...२
 
हो, चिना रेखा केही देखाउन्न, म भाग्य फेरौंला। 
तिमी बिहान सांझ मेरो, तिम्रै बाटो हेरौंला।...२

फूलहरू मुस्काउंछन, तिमीले देख्छौ र ? 
पुतलीले गीत गाउँछन्, तिमीले सुन्छौ र ?
लेकैमा कुहिरो पर्खिरहेछ। 
सिमसिम सिमसिम हिउंपानी बर्षिरहेछ।...२
[फूलहरू मुस्काउंछन, तिमीले देख्छौ र ? 
पुतलीले गीत गाउँछन्, तिमीले सुन्छौ र ?]...२

तिमी बीना तिमी हुनू, नछोएरै हरदम छुनु।
भेटिरहनु नपर्खेर, रूझाईरहनु नबर्सेर।
ए ऽऽ हहहः आआ हाह…… बुकीफूल।

तिमी जस्तै न्यानो, तिमी जस्तै शितल।
ऊनको स्वीटर।...२
You Might Also Like These Songs
Total Views