[रक्तिम अधर छ तिम्रो, लाली नलाए हुन्छ।
कालो नयन छ तिम्रो, गाजल नलाए, हुन्छ।]...२ 
रक्तिम अधर छ तिम्रो, लाली नलाए हुन्छ।
कालो नयन छ तिम्रो, गाजल नलाए, हुन्छ। 
रक्तिम अधर छ तिम्रो, लाली नलाए हुन्छ। 

चाँदी माथिको स्वर्ण, तिम्रो मुहारको कान्ती।...२ 
उसैै त राम्री छ्यौ तिमी, फाहा नलाए हुन्छ। 
मौका पर्खिन्न भन्छन्, यौवन फर्कीन्न भन्छन। 
तिम्रो नयनको शान्ती, मौन फिराद गर्छन। 
रक्तिम अधर छ तिम्रो, लाली नलाए हुन्छ।...२  

मैले बुझिन भाका, कैयन उपाय लाएँ।...२
अड्कल सकीन काट्न, धेरै विचार लाएँ। 
विन्ती म लाटोलाई, भाषा सजिलो बोल।
टम्मै मिलेको ओठ, संकोच नमानी खोल।

रक्तिम अधर छ तिम्रो, लाली नलाए हुन्छ।
कालो नयन छ, तिम्रो गाजल नलाए हुन्छ।

रक्तिम अधर छ तिम्रो, लाली नलाए हुन्छ। 

गरिदेउ नजरैले इशारा, पोखिदेउ के छ त नि विचार। 
म त पर्या छु तिम्रै भर, म त पर्या छु तिम्रै भर। 
लाली ओठैमा, गर्देउ कान्छी मुटु बैना, सिक्का नोटैमा। ...२ 

बुझिदेउ नजरैको इशारा, सुनिदेउ मेरो मनको विचार। 
म नि पर्या छु तिम्रै भर, म नि पर्या छु तिम्रै भर। 
रुमाल कोटैमा, गर्देउ कान्छा मुटु बैना, सिक्का नोटैमा।...२  

[जुनमा पनि दाग होला, फुल नि ओइलाई जाला।
नसाच न जोवन फेरी, यसै बिलाइ जाला।]...२ 
मोहनी नै लाउने तिम्रो, रुप कस्तो होला। 
लाली ओठैमा, गर्देउ कान्छी मुटु बैना, सिक्का नोटैमा। ...२ 

[जोवन मात्र नहेर न, हेरिदेउ यो मन। 
मन सँग मन मिले, माया बढ्छ झन।]...२ 
मै बनौला तिम्री रानी, तिमी राजा बन। 
रुमाल कोटैमा, गर्देउ कान्छा मुटु बैना, सिक्का नोटैमा।...२ 
 
लाली ओठैमा, गर्देउ कान्छी मुटु बैना, सिक्का नोटैमा।
गर्देउ कान्छा मुटु बैना, सिक्का नोटैमा।
गर्देउ कान्छी मुटु बैना, सिक्का नोटैमा। 
You Might Also Like These Songs
Total Views