Euta Dil Ma Sanga Chha


न म सँग कुनै नाम छ, न म सँग हिरामोती छ। 
न त म सुकुमारी छु, न त मेरो रुपै रंग छ। 
तर तिम्लाई माया, गर्ने एउटा, दिल म सँग छ।
एउटा दिल म सँग छ।…४    

[जब देखेँ तिमीलाई, यो मनमा, बन्यो तिम्रै चित्र।
तिमी बाहेक अरु कोहि अट्दैन,यो मेरो दिल भित्र।]…२ 
तिमीलाई पाउँदा त्यसैत्यसै, यो मन दंगदंग छ। …२
तर तिम्लाई माया, गर्ने एउटा, दिल म सँग छ।
एउटा दिल म सँग छ।…४    

[यी आँखाका नानी मा, हरपल खेल्छ तिम्रै छाँया। 
पलपल यो मुटुमा धड्कीरहन्छ, तिम्रै माया। ]... २ 
तिमी छौ र त जिन्दगीमा, हाँसो खुशी उमंग छ। … २ 
तर तिम्लाई माया, गर्ने एउटा, दिल म सँग छ।
एउटा दिल म सँग छ।…४   

न म सँग कुनै नाम छ, न म सँग हिरामोती छ। 
न त म सुकुमारी छु, न त मेरो रुपै रंग छ। 
तर तिम्लाई माया, गर्ने एउटा, दिल म सँग छ।
एउटा दिल म सँग छ।…४    
You Might Also Like These Songs
Total Views