Timi Chhau ra ta


तिमी छौ र त, मेरो अर्थ छ, तिमी छैनौ त, म हुनु व्यर्थ छ।
[तिमी फूल म काँढा,तिमी सम्म म डाँडा।
तिमी मै हराउँछ, मेरो दुनिया सारा।]…२
तिमी छौ र त, मेरो अर्थ छ, तिमी छैनौ त, म हुनु व्यर्थ छ।

मिलन संगै किन बिछोड पनि, खुशी संगै किन आँसु पनि।…२
[म घाम तिमी जुन, भाग्यमै थियो रुन। 
आँसु लुकाएर, सकिन बिदा दिन। ]....२  

नसोचेको भयो, बिपना मेरो, नदेखेको भयो सपना मेरो। …२ 
[नरोक तिम्रो हुन, मायाले देउ छुन। 
सजाउँछु तिम्रो सिउँदो, नपरोस अब छुटिन। ]....२ 

तिमी छौ र त, मेरो अर्थ छ, तिमी छैनौ त, म हुनु व्यर्थ छ।
[तिमी फूल म काँढा,तिमी सम्म म डाँडा।
तिमी मै हराउँछ, मेरो दुनिया सारा।]…२
तिमी छौ र त, मेरो अर्थ छ, तिमी छैनौ त, म हुनु व्यर्थ छ।
You Might Also Like These Songs
Total Views