मनको हुन्न केहि भर, हैन र।
मायामा हुन्न केहि डर, हैन र।
यो मनलाई त्यो मनको खबर, छैन र।
मायामा बग्दै जाने रहर, छैन र।
रातले जुनलाई, चाहे जस्तो।
दिनले घामलाई, पाए जस्तो।
अजम्बरी लाउँला पिरती।…२
लुकामारी खेल्छ किन, घाम र जुन।
अनि पो हुन्छ, रात र दिन।
आफ्नै आकाश, आफ्नै धर्ती।
अनि हाम्रो आफ्नै होला, सांझ बिहान।
खै केले, खै केले खान्छ।
नि खै केले खान्छ।
नि कुटुकुटु मन मेरो किन।
कहिले तितो, कहिले मिठो।
यस्तो कथा रैछ माया, मुटुको सुन।
घामपानीले मायालाई, छुन्छ र।
हो, मायाको रंग, मधुरो हुन्छ र।
यो मनलाई त्यो मनको खबर, छैन र।
मायामा बग्दै जाने रहर, छैन र।
किनाराले नदीलाई डोर्याए जस्तो।
नदीले सागर, पाए जस्तो।
अजम्बरी लाउँला पिरती।…२